नेता खनालद्वारा वृक्षरोपण



मंगलबारे, इलाम, २१ पुस २०७४ :  आफ्ना स्वर्गीत पिता पुङ्कनाथको शतवार्षिकीको दिन पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम नगरपालिका–१ साखेजुङमा वृक्षरोपण गर्नुभएको छ । विंस १९७४ पुस २१ गते जन्मनुभएका पुङ्कनाथको सयौँ पुण्यतिथिमा उहाँले ‘जीङ्को वाइलोवा’ नामक बिरुवा रोप्नुभएको हो । सो बिरुवा जापानको हिरोसिमा र नागासाकीमा बम खस्दासमेत नमरेकाले शक्तिशाली बिरुवा मानिन्छ ।  बिरुवा रोपिएको ठाउँलाई ‘मधुपङ्क गैरी’ नामकरण गरिएको छ ।

बिरुवा रोपिएको ठाउँमा चोक निर्माण गरिने र सो ठाउँलाई पर्यटकीयस्थलका रुपमा विस्तार गरिने उहाँले बताउनुभयो । बिरुवा रोपिएको ठाउँ मेची राजमार्ग नजिकै पर्छ । बिरुवा रोपेर उहाँले नजिकै रहेको रत्नकुमार वान्तवा पोलिक्लिनिकसमेत निरीक्षण गर्नुभयो । यस वर्षदेखिसो शिक्षालयमा अध्ययनअध्यापन शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्