छोरा वा छोरी जन्माउने (सुत्रसहित)



काठमाडौँ, २३ पुस २०७४ : चिनियाँ विशेषज्ञद्धारा लामो समय र अनुसन्धानपछि पत्ता लगाईएको क्यालेण्डर प्रविधि ९९.९ प्रतिशत सफल मानिएको छ । यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्न सक्नुहुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ? कुन महिनामा श्रीमतिले गभर्धरण गरको हो ? अनि यो चार्ट हेर्नुस ठ्याक्कै मिल्ने छ ।

गुगलमा गई सर्च बक्समा Chinese Calender for Boy Or Girl वा Sex Determination टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ । चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ । उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ । त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ ।

यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ । उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्