आजको राशिफल



वि.सं. २०७४ साल पुस २४ गते तद्अनुसार ८ जनवरी २०१८ नेपाल संवत ११३८ कृष्ण पक्ष सप्तमी तिथी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रमाईलोसँग दिन वित्ने, आर्थिक लाभ मिल्ने, इमानदारीताको प्रसंसा हुने, पारिवारिक मेलमिलाप बढ्ने साथै मनोबल वढेर जानेछ । साथै शत्रुहरु र प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
निर्णय क्षमताको वृद्दि हुने, बौद्धिकताको चर्चा हुने, पढाई लेखाईमा रुचि बढ्ने । अस्वस्थताले आलस्यता आउने, काममा सामान्य ढिलासुस्ती हुन सक्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मानसिक रुपमा तनाव भएपनि, मनमा शान्ती हुने, व्यापारमा लाभ मिल्ने । साथै आफन्तहरु टाढिने, अरुले प्रयोगमा ल्याउन सक्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान सम्मान मिल्ने, आफन्तको सहयोग मिल्ने, नयाँ कार्यको सुरुवात हुने । सोचभन्दा बढी कामबाट प्रतिफल आउने, साथै धार्मिक आस्था बढ्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुःख, शान्ति, समृद्दि मिल्ने, मिष्ठान्न भोजनमा सामेल हुने, गुमेको धन हाता लाग्ने, मान सम्मान मिल्नेछ ।

कन्या (टो, पा, पि, पु ष, ण, ठ, पे, पो)
तनमन स्वस्थ रहने, कडा परीश्रम गर्नुपर्ने, अतिथि सम्मान मिल्ने, आयआर्जनमा वृद्धि हुनेछ । साथै स्वास्थ्यमा गडबढी हुन सक्ने योग देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको प्रभाव बढ्ने, पारीवारिक छलफलमा व्यस्त हुने, धार्मिक यात्रा हुने, खर्च बढ्ने, नगरेको कर्मको दोष लाग्न सक्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीको स्रोत वृद्धि हुने, नयाँ अवसर प्राप्त हुने, व्यापारमा सोचेभन्दा बढी लाभ मिल्ने रोकिएका काम सानो प्रयासले बन्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धर्मकर्ममा मन जाने, पुरानो अनुभवको सामाजिक सम्मान प्राप्त हुने, कनिष्ठबाट सहयोग मिल्ने, मान्यजनहरुसँग भेटघाट हुने देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
साहित्यमा रुचि बढ्ने, आर्थिकलाभ हुने, नविन कार्यको थालनी हुने तर विवादमा नफस्दा नै लाभदायक हुनेछ । थोरै परिश्रमले भविष्यको जग बसाउन सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पुरानो झमेला आईलाग्ने, खर्चको वृद्धि हुने, स्वास्थ्य बिग्रिने, झैझगडा समेत पर्न सक्ने देखिन्छ होसियार रहनुहोला । चोरिको समेत भय देखिन्छ । श्री विष्णुको भक्तीले मनमा शान्ति मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पतिपत्नी बीच सुमधुर सम्बन्ध रहने, गुमेको धन फेला पर्ने, प्रेमीको सहयोग प्राप्त हुने, वैवाहिक बन्धनमा परिणत हुने, सुःख, शान्ति प्राप्ती हुनेछ ।

– ज्यो. प. पेसल कुमार उपाध्याय

प्रतिक्रिया दिनुहोस्