नेपाली पोशाक लगाउदै जनप्रतिनिधिहरु



खोटाङ, २५ पुस २०७४ :  स्थानीय तहका सबै जनप्रतिनिधिले नेपाली पोशाक लगाउने भएका छन् । पोशाकमा एकरुपता दिन महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट लगाउने भएका छन् ।

सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिन पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले बताएका छन् । पोशाकसँगै सबै जनप्रतिनिधिले लोगो (चिह्न) पनि अनिवार्य लगाउनु पर्ने पनि बतायका छन् ।

समन्वय समितिले तोकेको पोशाक र लोगो अनिवार्य गर्न नगरपालिका तथा गाउँपालिकाका वडासम्म परिपत्र गरिएको समेत बतायका छन् ।

प्रतिक्रिया दिनुहोस्