यी ७ हस्त रेखाबाट थाहा पाउन सकिन्छ तपाईको भबिष्य



धेरैजसो मानिसहरु आफ्नो हातको रेखा हेरेर सोच्ने गर्छन् कि, के उनीहरुलाई जीवनमा कहिल्यै सफलता मिल्ला ? तर हामीमध्ये धेरैजनालाई हस्तरेखाको बारेमा जानकारी नै हुँदैन । यस्तोमा धेरैजनाले कुनै ज्योतिषलाई हात देखाएर उनले भनेका कुरामा गर्छछन् । तर के तपाईलाई थाहा छ कि, हातको पञ्जामा भएका धेरै रेखा हेरर आफैंले आफ्नो भविश्यबारे जानकारी लिन सकिन्छ । यसका लागि तपाईलाई कुनै ज्योतिषको आवश्यकता पर्दैन । यो आलेखमा हामीले हातमा हुने रेखाको प्रकार र त्यसले तपाईको भविश्यप्रति गरेको संकेतबारे उल्लेख गरेका छौं ।

 १. जीवन रेखा जीवन रेखा तपाईको हातमा हुने महत्वपूर्ण रेखा हो । जसमा तपाईको जीवन र जीवनमा हुने महत्वपूर्ण घटनाको रहस्य लुकेको हुन्छ । यदी यो रेखा गहिरो र लामो छ भने तपाईको स्वास्थ्य राम्रो हुने छ । यस्तै रेखा पातलो र छोटो छ भने जीवनमा अनेक कष्ट र दुःख सहनुपर्ने हुन्छ ।

२ हृदय रेखा हृदय रेखामा तपाईको प्रेम तथा नाता–सम्बन्धसँग जोडिएका कैयौं रहस्य लुकेका हुन्छन् । यदि तपाई कुनै व्यक्तिको बारेमा जान्न चाहनुहुन्छ कि, त्यो व्यक्ति भावुक छ या छैन भनेर ? तपाई उसको हातमा भएको हृदय रेखा हेरर अन्दाज लगाउन सक्नुहुन्छ । हातको पञ्जामा रहेको हृदय रेखा सिधा र छोटो छ भने त्यस्तो व्यक्ति शब्दले वर्णन गरे भन्दा काम गरेर प्रेम दर्साउँछन् । यदि कुनै व्यक्तिको हातको यो रेखा मोडिएको छ भने त्यो व्यक्तिको इच्छा धेरै प्रबल हुन्छ ।

३ मस्तिष्क रेखा मस्तिष्क रेखा कुनै व्यक्तिको ज्ञान तथा विवेकको जानकारी दिन्छ । साथै यसबाट तपाईको मनोविज्ञानबारे पनि जानकारी लिन सकिन्छ । यो रेखा छोटो हुनुको अर्थ हो कि, तपाई जिन्दगीका जुनसुकै फैसला पनि एकदम सजिलै लिन सक्नुहुन्छ । यो पनि पढ्नुहोस् – सोमबार को लाग्दैछ ग्रहण, ग्रहण को बेला गर्नु हुदैन यी काम हरु यस्तै यो रेखा लामो हुनुको अर्थ हो कि तपाई कुनै पनि कुराबारे गहिराइमा गएर बुझेर मात्रै निर्णय गर्नुहुन्छ । लामो र मोडिएको मस्तिष्क रेखा हुनुको अर्थ हो कि, तपाई रचनात्मक तरिकाले सोच्नुहुन्छ ।

४ भाग्य रेखा यो रेखा बीच बीचमा टुटेको हुनु अथवा पातलको हुनुको अर्थ हो कि तपाईको भाग्य बुलन्द छैन । तपाईले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि यो रेखा तपाईको औंलाबाट सुरु भएर जीवन रेखा छुन्छ भने तपाईलाई परिवार र साथीहरुबाट सधैं सुख प्राप्त हुने छ ।

५ सूर्य रेखा यो रेखाको बारेमा धेरै व्यक्तिलाई जानकारी नै हुँदैन । यो रेखा तपाईको हातको पञ्जामा ठाडो रुपमा कोरिएको हुन्छ । जसबाट थाहा हुन्छ कि, कुनै व्यक्ति कति रचनात्मक हुन्छ । साथै कुनै व्यक्तिमा कति आत्मविश्वास र योग्यता छ भन्ने अनुमान पनि यो रेखाबाट गरिन्छ । धेरैजसो मानिसहरुमा यो रेखाको अभाव हुन्छ ।

६ छोटा र पातला रेखा हामीमध्ये धेरै व्यक्तिका हातमा छोटा र पातला धेरै रेखा हुन्छन् । यस्ता व्यक्ति धेरै संवेदनशील मानिन्छन् । साथै समय आउँदा यस्ता व्यक्ति सही र गलतको बीचमा फरक छुट्याउन दुविधामा पर्ने गर्छन् । ७ हातमा धेरै कम रेखा हुनु यस्ता व्यक्ति आफ्नो बचनको पक्का हुनुका साथै जिद्दी स्वभावका हुन्छन् । हातमा कम रेखा हुने व्यक्ति कहिल्यै कसैका लागि बदलिँदैनन् । यस्ता व्यक्तिसँग सम्बन्ध गाँस्नु र सम्बन्ध टिकाइ राख्नु तथा कुरा गर्न पनि गाह्रो हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्