प्रधानन्यायाधीशको नागरिकता र प्रमाणपत्रको छानबिन गर्न माग : डा. केसीको बयान सकियो



काठमाडौं, २५ पुस २०७४ : सर्वोच्च अदालतको मानहानिको मुद्दामा प्रा.डा. गोविन्द केसीको बयान सकिएको छ । केही समयअघि सकिएको बयानको क्रममा उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र प्रमाणपत्रको छानबिनको माग गरेका छन् ।

प्रधानन्यायाधीशको नागरिकतामा जन्ममिति  सच्चाइएको र एसएलसीको शैक्षिक योग्यता प्रमाणपत्र हराएको विषयमा अनुसन्धान हुनुपर्ने केसीले बताएका हुन् । बयानको क्रममा उनले आफूले सधैं अदालतको सम्मान गर्ने तर यहाँ भित्र भएको गलत प्रवृत्तिको लागि आफू लडेको बताएका छन् ।

साथै केसीले छ महिनाभित्रमा सर्वोच्च अदालतको मुख्य रजिस्टार र उच्च अदालतको मुख्य न्यायाधीशमा बढुवा गरिएका नकुल सुवेदीमाथि पनि प्रश्न उठाएका छन् । उनले छ महिनामै दुई पदमा कुन नियतमा बढुवा गरिएको हो भन्ने विषयमा स्पष्टीकरणको माग गरेका छन् ।

अहिले रिट निवेदकको तर्फबाट यस विषयमा बहस सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्