यसरी मनाइयो “इन्टरनेशनल नो पेन्ट्स डे’ भिडियो सहित



एजेन्सी । विश्वभरका ६० शहरमा इन्टरनेशनल नो पेन्ट्स डे (अन्तर्राष्ट्रिय विना पाइन्ट मनाइने दिवस) मनाइएको छ । यो दिवसलाई ‘नो पेन्ट्स सबवे राइड (No Pants Subway Ride)’ पनि भन्ने गरिन्छ । हरेक वर्ष जनवरीको सुरुवातमा यो दिवस मनाउने गरिन्छ । यो दिवसमा विना पाइन्ट सबवे (विद्युतीय रेल)को सफर गर्ने गरिन्छ । यो दिवसको आयोजना ‘इम्प्रुभ एभ्रीह्वेर (Improve Everywhere)’ नामक संस्थाले आयोजना गर्ने गर्दछ । जनवरीको कुन दिन यो दिवस मनाउने भनेर डिसेम्बर महिनामा छलफल गर्ने गरिन्छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य मानिसहरुलाई हसाउनको लागि हो ।

इन्टरनेशनल नो पेन्ट्स डे २००२ मा न्युयोर्कमा ७ जना सहभागीबाट सुरु गरिएको यो दिवस हाल विश्वका ६० भन्दा बढि शहरहरुमा मनाइने गरिन्छ । सुरुवातमा यो दिवस मनाउनेहरुलाई प्रहरीले पक्राउ गरेको थियो । तर पछि उनीहरुको मुद्दा रद्द गरियो । २००६ मा १५० जना सहभागीहरुले न्युयोर्कमा यो दिवस मनाएका थिए । २०१३ पछि यो दिवस ६० भन्दा बढि शहरहरुमा मनाउन थालिएको हो । २०१६ को जनवरीमा रसियाको मस्कोमा पनि यो दिवस मनाउन सुरु गरियो ।

प्रतिक्रिया दिनुहोस्