‘मंगलम’ लिएर शिल्पा फागुन २५ मा आउने



काठमाडौं, २६ पुस

फागुन ४ गतेबाट प्रदर्शन हुने भनिएको निर्माता छविराज ओझाले निर्माण गरेको फिल्म ‘मंगलम’ को प्रदर्शनको नया मिति जुराइएको छ ।‘मंगलम’ का वितरक गोपालकाजी कायस्थले फागुन २५ गते देखि ‘मंगलम’ रिलिज गर्ने जानकारी दिए । यसअघि फिल्मको प्रदर्शन मिति फागुन ४ गतेको लागि पक्कापक्की भएको थियो ।
‘मंगलम’ सरे पश्चात फागुन ४ मा अब श्वेता खड्काको चलचित्र ‘कान्छी’ सोलो रिलिज हुने भएको छ ।
‘हामी एक अर्कामा नजुधौं भनेर पर गएका हौं’, वितरक गोपाल काजी कायस्थले भने । नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ मा नायिका शिल्पा पोखरेल मुख्य भूमिकामा प्रस्तुत भएकी छन् भने नायकद्वाय पुष्प खड्का र पृश्वीराज प्रसाईंको पनि मुख्य भूमिका छ । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अतिथि भूमिकामा प्रस्तुत भएकी छन् । ‘मंगलम’ बाट नायिका शिल्पा पनि निर्मात्री भएकी छन् । नवल नेपालले निर्देशन गरेको यो चलचित्र असोज ११ बाट दशैको अवसर पारेर प्रदर्शन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्