आखिर के गर्दैछन् त कपिल शर्मा ?



काठमाडौं, २६ पुस
भारतीय चर्चित कमेडियन कपिल शर्माको फ्यानको मनमा अहिले एउटा प्रश्न हुनसक्छ । अचेल के गर्दै छन् कपिल ? करिब ६ महिना अगाडि कपिलको कमेडी शो बन्द भइसकेको छ ।

उक्त समय शो बन्द हुनुको कारण कपिलको खराब स्वास्थ्य र प्रदर्शनको तयारीमा रहेको उनी अभिनित चलचित्र फिरंगी भएको बताइएको थियो । कपिल छिट्टै शोमा फर्किने छन् भनिएको थियो तर अहिले कपिलको चलचित्र रिलिज भइसकेको छ । उनको स्वास्थ्य पनि ठिक देखिएको छ । तर कपिलको कमब्याकको केही आधिकारिक खबर कतैबाट पनि आएको छैन ।

यस्तोमा हरेकको मनमा एउटा प्रश्न उठ्न सक्छ । आखिर अचेल के गर्दैछन् कपिल ? यसको जवाफ कपिलले हालै इस्टाग्राममा शेयर गरेको हालिया स्नैपचैट भिडियोमा लुकेको देख्न सकिन्छ । अधिकांश समय सोशल मिडियामा सक्रिय रहने कपिललाई अहिले त्यति सक्रिय पनि देख्न सकिन्न् । उनी कहिलेकाही ट्वीट्मा देखिन्छन् । केही तस्वीर शेयर गर्दछन् । तर धेरै सक्रिय रहँदैनन् ।

किन बन्द भयो शो ?
किन बन्द भयो शो भन्ने प्रश्नको जवाफ पनि कपिल शर्माले दिएका छन् । ‘मैले सुन्तला धेरै खाने गरेको छु । त्यसैले मेरो मुख पनि सुन्तला जस्तो भएको छ ।’ धेरै दिनपछि कपिलको यस्तो रमाइलो मजाक दर्शकले देख्न पाएका हुन् । त्यसैले पनि कपिल शोमा कमब्याक गर्न लागेको अनुमान धेरैको रहेको छ ।

टिभीमा उनको छिट्टै कमब्याक हुने प्रतिक्षामा सारा फ्यानहरु रहेका छन् । जसको अनुमान उनले सार्वजनिक गरेको एक छोटो भिडियोले प्रष्टउ छ । उनले राखेको छोटै समयमै उक्त भिडियोले १३ लाख बढी दर्शक पाएको छ । भिडियोमा दर्शकले उनको कमेडी मिस गरेको कमेन्ट समेत गरेका छन् ।

कपिल टिभीमा फेरि शो मार्फत फर्किदै छन् । केही अगाडि सोनी इन्टरटेन्मेन्ट टेलिभिजनले कपिल शर्माको कमब्याक्को समाचार समेत बनाएको थियो । जुन शोमा सुनील ग्रोवर समेत रहने छन् । ग्रोबरसँग कपिलको केही पहिले झगडा समेत थियो । तर अहिले यी दुबै एकसाथ देखिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्