पुस २७ गते सार्वजनिक बिदा



काठमाडौं २६ पुस २०७४ : बिहिवार पुस २७ गते सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उक्त दिन सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु समेतमा बन्द हुनेछन् ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन रहेको पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा पहिले देखिने मनाउने गरिन्छ । तर वि.सं २०६२ सम्म उक्त दिन सार्वजनिक बिदा दिने गरिए पनि देशमा राजतन्त्रको अन्त्य भएसँगै विसं २०६३ देखि गणतान्त्रिक देशमा राजाको जन्मदिनमा बिदा दिन नहुने भन्दै केहि राजनीतिक दलको दवाबमा सो बिदा कटौती गरिएको थियो ।

यस पेटक भने सरकारले गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत पुस २७ मा सार्वजनिक बिदा दिने सम्बन्धी सूचनामा प्रकाशन गरेको छ ।

प्रेस विज्ञप्ती:

प्रतिक्रिया दिनुहोस्