आर्यन फिलिपिन्स उड्दा साम्राज्ञी निरास



काठमाडौं, २६ पुस

यतिखेर नेपाली सिने जगतमा नायक आर्यन सिग्देललाई पर्दा भित्र दर्शकले देख्न नपाएको लामै समय भइसकेको छ । गत वर्षसम्म ‘ब्याक टू ब्याक’ चलचित्र गरिरहेका आर्यनले अब चाँडै आफ्नो अभिनय र निर्माणमा एउटा छुट्टै ‘कायरा’ नाम राखेर चलचित्र बनाउँदैछन् । यसका लागि उनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई १० लाख पारिश्रमिकमा अनुबन्ध समेत गरिसकेका छन् ।

यहि जनवरी ११ तारिखबाट फिलिपिन्सको मनिलामा सुरु हुने यो चलचित्रको सुटिंगको लागि आर्यन भने सोमवार नै फिलिपिन्स प्रस्थान गरिसकेका छन् । तर साम्राज्ञी भने यतिखेर लन्डनमा छिन् । केहि पहिले बेलायतले भिषा दिन अस्वीकार गरेपछि उनले ‘कायरा’ साइन गरेकी थिइन् । तर दोस्रो पटकको प्रयासमा बेलायती दूतावासले उनलाई लन्डन जाने बाटो खुल्ला गरिदिएको थियो । केहीदिन अगाडि लन्डन पुगेकी उनले लामो समयदेखि रोकिरहेको आफू अभिनीत चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ को सुटिङ ज्वाइन गरिसकेकी छिन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम र फेसबुकमा लन्डनबाट फिल्मका नायक धिरज मगरसँगको एक तश्विर शेयर गरेकी उनले अब केही हप्ता भित्रै नेपाल आएर ‘कायरा’को छायांकनका लागि फिलिपिन्स जाने समेत बुझिएको छ । सेड्युल जुधेपछि साम्राज्ञीले ‘कायरा’ र ‘इन्टु मिन्टु लन्डनमा’को छायांकन एकसाथ गर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्