‘शेरबहादुर’ माघ १९ देखि छोड्दै



काठमाडौं, २६ पुस

यो हाम्रो देशको प्रधानमन्त्रीको नाम भने होइन तर प्रधानमन्त्रीकै नामसँग ठ्याक्कै मिल्ने गरि बनेको एक चलचित्रको नाम भने हो । यो चलचित्रको झट्ट नाम सुन्दा जो कोहीलाई पनि राजनीतिको गन्ध आउछ। तर पनि यो कुनै राजनीतिसँग सम्बन्धित चलचित्र भने हैन ।

‘शेरबहादुर’ अवकाश प्राप्त एक आर्मीको वरिपरि रहेर बनेको एक रोचक चलचित्रको हो । सन्की मान्छेको कथामा निर्माण भएको चलचित्र भित्र एक निडर, सन्की र बलियो पात्र ‘शेरबहादुर’ चलचित्रकै एक मुख्य पात्र हो । ‘शेरबहादुर’ आफु बाठो बन्दै आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजनाहरु बनाउँछन् । त्यो र तेस्तै योजनाहरु भित्र रुमलिएका अन्य पात्रहरुको अवस्थालाई चलचित्रले दर्सक सामु खुलास्त रुपबाट देखाउन खोजेको छ ।

मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् भने सुनिलको अलवामा कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतको मुख्य भूमिका रहेको छ । एक्सन, रोमान्स, ड्रामा सबै खाले मिश्रीत यो चलचित्रप्रति निर्माण पक्ष धेरै अपेक्षित छन् ।

यहि माघ १९ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रले सबैको मन जित्न्र निर्माण पक्षको दाबी छ । चलचित्रका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रुपमा बरिष्ठ छायाँकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । हामीले ‘शेरबहादुर’ लाइ माघ १९ देखि  छाड्दै छौ निर्देशक राजवंशीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्