एजेन्सी । हामीले दैनिक थोरै समय मात्रै निकालेर केही विशेष उपायलाई आफ्नो दैनिक दिनचर्यामा समावेश गर्यौं भने मात्रै पनि यसले तपाई हाम्राे दिमाग तेज मात्रै होइन त्यसले दिमागमा सकरात्मक असर पनि पार्छ ।
तेज दिमागको लागि दैनिक गरिने नियमित काम भन्दा केही फरक सोच्नु र गर्नुपर्छ । यदि तपाईं दायाँ हाते हुनुहुन्छ भने विहानै ब्रश गर्दाको समयमा बाँया हातको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाई दिमागको नयाँ हिस्सालाई प्रोत्साहित गर्न सक्नुहुन्छ र तपाईको दिमागमा सकरात्मक असर पर्नेछ ।
एक्सरसाइजले जस्तै डान्सले पनि दिमागलाई सक्रिय बनाँउछ । यसमा कोअर्डिनेशन, अर्गनाइजेशन र प्लानिङ हुन्छ जो दिमागको विकासको लागि उपयोगी हुन्छ ।
अटोमेटिक नकरात्मक सोच्नु दिमागलाई उत्तेजित गर्नको लागि जिम्मेवार हुन्छ । यसले स्ट्रेस हार्मोनको उत्पादनमा वृद्धि हुन्छ जसले ब्रेन सेल्सलाई मार्ने काम गर्छ । जब तपाईलाई नकरात्मक सोच आँउछ तब तपाईले लेखेर त्यसलाई टाढा बनाउनको लागि योजना बनाउनमा ध्यान दिनुहोस । यसले तपाई पोजेटिभ रहन पाउनुहुन्छ र तपाईको दिमागमा स्ट्रेस पनि पर्दैन् ।