जान्नुहोस मोडल तथा नायिका एलिसा राईलाई मनपर्ने कुराहरु



काठमाडौँ, २७ पुस : छोटो समयमै चर्चा कमाउन सफल नायिका हुन् एलिसा साई । म्युजिक भिडियो हुँदै सिनेमामा प्रवेश गरेकी एलिसा लुट २ को ‘ठमेल बजार’बाट चर्चामा आएकी हुन् । बि.सं. २०७० देखी निरन्त्तर कलाकारीता रहेकी एलिसाले झन्डै दुई सय भन्दा धेरै गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । पछिल्लो समय एलिसा बिभिन्न स्टेज कार्यक्रमहरु र म्युजिक भिडियोहरुमा ब्यस्त छिन् । सानै उमेरबाट नृत्य गर्न रुचाउने एलिसालाई पहिलेदेखीनै सिनेमामा आउने ईच्छा थियो रे । छोटै समयमा दर्शकश्रोताको अत्याधिक माया पाएकी एलिसा भन्छिन् ‘कलाकारिता क्षेत्रमा प्रवेश गर्न साह्रै गाह्रो भएको थियो, तर आजभोलि सबैको माया साथ र सहयोग पाएको छु, एकदमै खुसी छु ।’ ‘नाई मलाई था छैन्’ बाट अझै धेरै चर्चा बटुलेकी एलिसालाई मनपर्ने केही कुराहरुका बारेमा आज हामीले जान्ने कोशिस गरेका
छौं ।

मनपर्ने ठाँउहरु
म खोटाङमा जन्मेकी हुँ । कर्मस्थान काठमाण्डौं भएपनि मलाई आफ्नै खोटाङ मनपर्छ । त्यहाँको सुन्दरताले आनन्द महशुस हुन्छ । अनि धनकुटाको भेडेटार पनि मनपर्छ । त्यहाँको वातावरण, हावापानि साह्रै राम्रो छ । प्राकृतिक हिसावले पनि रमणिय लाग्छ मलाई भेडेटार । अनि प्रकृतिक दृश्यले सबैको मन लोभ्याउने मकवानपुरको चित्लाङ पनि मलाई खुब मनपर्छ । पर्यटकिय हिसावले, प्राकृतिक सुन्दरताको हिसावले अनि हरेक पटक जाँदा रमाईलो फिल हुने पोखरा पनि असाध्यै मनपर्छ ।

मनपर्ने खानाहरु
मलाई नेपाली शुद्ध खाना नै मनपर्छ । तर पनि कहिलेकाँही चैं बजारमा पाईने खानेकुरा ले पनि मेरो मन तान्छ । जस्तै म:म:, चिकेन सुप, पानि पुरि, चटपटे, आईसक्रिम सारै मनपर्छ । फलफुलको कुरा गर्दा चाँही सबै फलफुल मनपर्छ । नेपाली खानामा आफ्नै पन भएकोले पनि होला साह्रै मन पर्छ । स्वास्थ्यका लागि पनि उपयुक्त, अर्गानीक हुने भएकाले मलाई खेतबारिमा उत्पादन भएको आफ्नै नेपाली खानाहरु बढी मनपर्छ ।

मनपर्ने कलाकारहरु
 मलाई नेपाली नायक नायिकामा दयाहाङ राई, शौगात मल्ल, विपिन कार्की, गौरी मल्ल मनपर्छ । उहाँहरुले बास्तविक अभिनय गर्नुह्ुन्छ । उहाँहरुको सिनेमा हेर्दा कतै पनि आर्टिफिसियल फिल हुन्न । गायक गायिका चाँही जस्तो किसिमका गीत पनि गाउन सक्ने र आावाज पनि मिठो भएकाले राजेश पायल राई र मेलिना राई मनपर्छ ।

मनपर्ने नेताहरु
मलाई मनपर्ने नेताहरुमा केपि ओलि, गगन थापा, बावुराम भट्टराई पर्नुहुन्छ । उहाँहरुको बोल्ने शैलि र भाषण मनपर्छ । उहाँहरुमा देश निर्माणको नयाँ सोच, विचार छ जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्