‘केसरी’मा अक्षय कुमार र परिणीति देखिदै



एजेन्सी, २७ पुस : बलिउड स्टार अक्षय कुमार, अभिनेत्री परिणीति चोपडा सिनेमा ‘केसरी’ मा देखिने भएकी छिन् । सिनेमाका निर्माता करन जोहरले ट्विटरबाट यो कुराको पुष्टि गरेका छन् । करनले ट्विटरमा अभिनेत्री चोपडालाई ट्याग गर्दै लेखेका छन्, सिनेमा ‘केसरी’को मुख्य अभिनेत्री परिणीति चोपडा हुन् ।’

सिनेमामा ‘सारागढी’ को युद्धमा आधारित छ । अक्षयले केहीदिन अगाडि मात्र सिनेमाको फर्स्टलुक सार्वजनिक गरेका थिए । सिनेमामा अक्षय कुमार ‘सिख’को भूमिकामा देखिँदैछन् । यसअघि सिनेमामा सलमान खान पनि जोडिएका थिए । अक्षय कुमार र निर्माता करण जोहरले संयूक्त रुपमा सिनेमा निर्माण हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्