अभिनेत्री सोनम र आनन्द बिवाह बन्धनमा बाँधिदैं



एजेन्सी, २७ पुस : केही समय अघि विवाह बन्धनमा बाँधिएका नायिका अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको विवाहको चर्चा नसकिदै बलिउड अभिनेत्री सोनम कपूरको विवाह हुने खबर बाहिरिएको छ । लामो समयसम्म प्रेमसम्बन्धमा रहेकी सोनमले आफ्नो प्रेमी आनन्द आहुजासँग विवाह गर्न लागेको भारतीय मिडियाले बताएको छ ।

आहुजा दिल्लीका चर्चित व्यापारी हुन् । उनीहरू तीन वर्षदेखि एकअर्काको प्रेममा छन् । पछिल्लो केही दिनदेखि लण्डनमा छुट्टी मनाइरहेका यी जोडीले आधिकारिकरुपमा आफ्नो सम्बन्धलाई भने खुलासा गरेका छैनन् । यी जोडीले विवाहको लागी जोधपुरमा ठाउँ समेत तय गरिसकेको भारतीय संचारमाध्यमले बताएका छन् । विवाहको मिति भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्