‘जायरा’ मा नम्रता अनुबन्धित



काठमाडौँ, २७ पुस : बक्सिङ खेलाडीको कथामा निर्माण हुन लागेको सिनेमा ‘जायरा’ मा नायिका नम्रता श्रेष्ठ अनुबन्धित भएकीछिन् । यो सिनेमामा अनुपविक्रम शाहीको पनि मुख्य भुमिका रहेको छ । ‘जायरा’ सिनेमाको लागि नम्रताले निकै मेहनत गरिरहेकी  छिन् । तर सिनेमामा बक्सिङ खेलाडीको रुपमा अनुप वा नम्रता को हुनेछन् भन्ने कुरा खुलाईएको छैन् । पहिलो पटक पर्दामा नम्रता र अनुपविक्रमले काम गर्ने भएका छन् । सिनेमालाई आशुतोष श्रेष्ठले निर्देशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्