भारत हुँदै साउदी अरब जान लागेका  महिलाको उद्धार



मलेखु, धादिङ, २७ पुस : साउदी अरब लानका लागि भारततर्फ जाँदै गरिएका छ जना महिलालाई प्रहरीले उद्धार गरिएको छ । प्रक्रिया नै नपु¥याई भारत हुँदै साउदी अरब जान लागेकी ती महिलालाई प्रहरीले धादिङको धार्केबाट बुधबार राति उद्धार गरिएको हो । उद्धार गरिएका महिलालाई आवश्यक परामर्शका लागि माइती नेपालको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताउनुभयो ।

साउदी अरबमा काम लगाइदिने भनेर एकआपसमा चिनजान नै नभएका महिलालाई धार्केसम्म बोलाएर बुटवलका लागि गाडी चढ्न लागेका बेलामा शंका लागेर सोधपुछ गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उद्धार गरिएकामहिलासंगै रहेका दाङ घोराहीका ३५ वर्षीय प्रसाद विश्वकर्मा, इलामका ३० वर्षीया सुमन पाँचकोटे र तेह्रथुमका ३७ वर्षीया शर्मिला कुमारी संकटालाई समेत प्रहरीले पक्राउ गरेका छन् । उनीहरु साउदी अरबबाट बिदामा आएको बताएका छन् । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो ।

उद्धार गरिएका छ जना महिलासमेत सबै माइती नेपालको जिम्मामा रहेको माइती नेपालका पदम बस्नेतले टेलिफोनबाट जानकारी दिनुभयो ।

पुरुषलाई महिलाले नचिनेको र छुट्टाछुट्टै गाडीमा धार्के आएर भेट भएपछि बुटवल हुँदै भारत जाने तयारी गरिरहेको अवस्थामा शंका लागेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको र थप अनुसन्धानका लागि माइती नेपालले गौशालास्थित केन्द्रीय कार्यालयमा पठाइएको जनाएको
छ ।

प्रतिक्रिया दिनुहोस्