जीवनोपयोगी भनाईहरु



महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा उनैको` मुनामदन´ कृतिबाट

पुरुषकाे प्यारी ! संग्राम संसार विजय उसकाे सार !
पाैरुष बिना पुरूष हुन्न, तरबार बिना-धार !

अनारदाना दाँतका लहर खाेलेर हाँस न !
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको अासन !!

पृथ्वीमा बसी स्वर्गमा देख्ने झन् हाम्रा नजर !
तल नै बसी तल नै हेरी बिलाैना नगर !

हातका मैला सुनका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएकाे बेस, अानन्दी मनले !

प्रतिक्रिया दिनुहोस्