नयाँ पोर्नस्टार बलिउडमा भित्रिदै



काठमाडौं, २८ पुस

चर्चित पोर्नस्टार सन्नी लियोनीपछि अब भारतीय फिल्म बजारमा एक अर्की पोर्नस्टार भित्रिदै छिन्। भारतीय चलचित्रका एक चर्चित निर्माता रामगोपाल बर्माले अमेरिकी मुलकी युरोपियन पोर्नस्टार मिया मालकोवालाई बलिउडमा भित्र्याउन लागेका हुन्। उनले मियासँग ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको एक भिडियो समेत खिचेका छन्।

विहीबार आफ्नो ट्वीटरमार्फत मियाले रामगोपाल बर्मालाई धन्यवाद दिदै रामगोपालसँग काम गर्न पाएकोमा आफू उत्साहित भएको समेत बताएकी छन् । रामगोपालले मियालाई ट्वीटरमै जवाफ दिँदै भनेका छन्– हे मिया ‘गड, सेक्स एण्ड ट्रुथ’मा फिल्मी दुनियाँको उच्चकोटीको विचारणीय अनुभव रह्यो।
‘भारतीय फिल्म निर्माता रामगोपालले युरोपमा म सँग एक भिडियो ‘गड, सेक्स एण्ड ट्रुथ’ शुट गरेका छन्’, उनले भनेकी छन्– ‘म सन्नी लियोनीपछि भारतीय फिल्म निर्देशकसँग काम गर्ने दोस्रो अडल्ट स्टार हुँ।’

एक फरक प्रसंगमा रामगोपालले आफूले कहिलेपनि सन्नी लियोनीसँग काम गर्ने अवसर नपाएको उल्लेख गर्दै भने– मैले सन्नी लियोनीसँग अहिलेसम्म काम गर्न पाएको छैन्। तर म ‘गड, सेक्स एण्ड ट्रुथ’को अनुभव कहिल्यै भुल्न सक्दिन।

‘गड, सेक्स एण्ड ट्रुथ’को ट्रेलर यहि १६ जनवरीमा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्