प्रज्ञा प्रतिष्ठानले २९६ औँ  पृथ्वी जयन्ती मनायो



काठमाडौं, २८ पुस

नेपाल प्रज्ञा प्रतिष्ठानले २९६ औँ  पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय सभा गृहमा हिजो एक कार्यक्रमको बीच नागरिक सभा सम्पन्न गरेको छ  ।

समारोहमा शिक्षाविद तथा इतिहाँसविद मोदनाथ प्रश्रितले पृथ्वी नारायण शाहको साहसले गर्दा नेपाल राज्य बनेको हुँदा अब दिगो सरकार बनाएर अघि बढे यिनको सम्मान हुने बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले यस अवसरमा विदा दिने सरकार र कार्यक्रम आयोजना गर्ने प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद दिए । पृथ्वीनारायण शाह वास्तवमा एक लडाकु मात्र नभएर हिमालको काखमा एउटा सुन्दर राज्य स्थापना गर्न सफल व्यक्तित्व समेत भएको बताए । यसै कार्यक्रममा बोल्दै उनले विवाद आउने पुरानो कुरा कोट्याउन नहुने चिन, जापान, युरोप भन्दा ३०० वर्ष पछाडी भएको हाम्रो देशलाई अहिलेको विज्ञान र प्रविधिको प्रयोगले स्वतन्त्रताको  रक्षा गर्दै छिटो भन्दा छिटो सम्वृद्धि र विकाशको नयाँ अवस्थामा लग्नु पर्ने बताउनु भयो । साथै मेलमिलाप र एकता सत्ताको लागि नभई करोडौ नेपाली जनता र राष्ट्रिय एकताको लागि हुनपर्ने पनि जानकारी गराउनु भयो ।

त्यसैगरी, काग्रेंस नेता रामचन्द्र पौडेलले लोकतन्त्रको मूल्य र मान्यता समाउने समाजवाद भएमा राष्ट्रिय मेलमिलाप हुने बताउनु भयो ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले पृथ्वीनारायण शाहलाई स्वतन्त्र परराष्ट्र नीति भएका एक स्वाधिन अर्थतन्त्रको सुरुवात गरि राष्ट्रिय एकताको भावना बोकेका इतिहास पुरुष भएको समेत बताउनु भयो ।

नेता सिपी मैनालीले पृथ्वीनारायण शाहाले टुक्रे राज्यहरुलाई एकिकरण गरि दाजुभाईलाई  राज्य अंश नदिएर एकतामा बाँडेको बताउनु भयो ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यस्ता कार्यक्रमहरुको आयोजना प्रतिष्ठानका गरि वत्ताहरुका वक्तव्य बाहिर ल्याउने त्यसलाई पत्रकारले जनता समक्ष पुर्याउनु पर्ने पनि बताउनु भयो ।

उपस्थित सबै वक्ताहरुले पृथ्वीनारायणको साहसको प्रशंसा गर्दै नेपाल निर्माणमा उहाँको अत्यन्त ठुलो योगदान रहेको समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्