मन्त्री विश्वकर्माबाट राष्ट्रिय महाधिवेशन तथा वार्षीक साधारणसभा उद्घाटन



काठमाडौँ, २८ पुस : वाणिज्य मन्त्री भिम प्रसाद विश्वकर्माबाट साना तथा मझौला व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिवेशन तथा तेह्रौ वार्षीक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन सम्पन्न भएको छ ।

प्रमुख अतिथि समेत रहेका मन्त्रीले पस्मीना व्यवसायमा आत्म निर्भर बन्नका लागि २० वटा हिमाली जिल्लामा २,००,००० च्याङग्रा बाडिदै गरेको  र जीवनशैलीमा सुधार गर्न व्यवसाय तथा उद्योमा संलग्न हुनपर्ने बताए ।

कार्यक्रममा महासंघका अध्यक्ष जंगबहादुर श्रेष्ठले प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरुलाई मायाको चिनो वितरण गरे । उक्त कार्यक्रममा लगभग ६० भन्दा वढि जिल्लाका व्यवसायीहरुको सहभागिता रहेकोे पुर्व अध्यक्ष धर्मनन्द श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्