पतिको कुटाईबाट कलाकार निरु खड्का घाइते



काठमाडौं, २९ पुस

चर्चित हास्यकलाकार कलाकार निरु खड्काले कलाकारिता क्षेत्रमा लागेकै कारण पतिसँग बेलाबेला झगडा पर्ने गरेको बताउने गरेकी छिन् । कलाकारिता छाडेर घरमै बस्ने पतिको दबाबलाई नमान्दा पतिले आफूमाथि कुटपिट गरेको बताएकी छिन् । उनले सो विषयलाई लुकाउन सकिनन् । निरुले पतिले आफूलाई कुटपिट गरेको स्वीकार गरेकी छिन् । पतिको कुटाईबाट निरुको कानको जाली समेत फुटेको छ ।

कुटपिटको यो घटना नौलो भने होइन । उनीहरूका बीच बेलाबेला झगडा परेका कुराहरू आइरहन्छन् । झगडा कै कारण निरु र उनका पति नरोत्तम गौतमबीच पटक पटक डिभोर्ससम्म कुरा पुगी सकेको छ । त्यति मात्रै होइन झगडा पर्दा निरुले काठमाडौंमा रहेको दराज समेत फुटाउने गरेको स्वीकार गरेकी छिन् ।

चर्चित टेलिसिरियल मेरी बास्सै, जिरे खुर्सानी जस्तो टेलिफिल्ममा अभिनय गरेकी निरु र उनका पति गौतमबीच धेरै पटक असमझदार हुँदा कुटपिटको घटना भएको बताइन्छ । लभ म्यारिज गरेकी निरुलाई छिमेकी र आमाको कुरा सुनेर हिंसा गर्ने गरेको आफन्तहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्