काठमाडौं, २९ पुस
स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार निजामती कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ ।
सरकारले स्वेच्छिक अवकाशको तयारी गरेपछि ८ देखि १० हजार कर्मचारीले निर्वत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए ।
सरकारी सेवामा ५० बर्ष उमेर पुगेका र २० बर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ ।निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आकंलन गरिएको छ ।
स्रोत – नेपाल समाचारपत्र