अमेरिकी राष्ट्रपतिको पोर्नस्टारसँग सम्बन्ध रहेको खुलासा



काठमाडौं, २९ पुस
यौन चलचित्रकी अभिनेत्रीसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शारीरिक सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका छन् । सन् २००६ मा यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड (स्ट्रोमी ड्नियल्स) सँग ट्रम्पले आफ्नो सम्बन्ध कायम गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला बाहिर आउने क्रम चल्दा स्टेफानीले पनि आफू र ट्रम्पबिचको सम्बन्ध तथा आफूमाथि भएको यौन हिंसाका बारेमा बताउन एबिसी न्युज च्यानलसँग सम्पर्क गरेको र ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलरमा कुरा मिलाएर उनलाई चुप बस्न लगाएको जर्नलले दाबी गरेको छ ।ट्रम्पका वकिलले स्टेफानीलाई चुप बस्न भन्दै एक लाख ३० हजार अमेरिकी डलर दिएका वाल स्ट्रिट जर्नलले शुक्रबार खबर छापेको छ । ट्रम्प अर्गनाइजेशनमा लामो समय वकिलको रुपमा रहेका माइकल कोहेनले स्टेफानीलाई पैसा दिएर चुप रहन भनेको वाल स्ट्रिट जर्नलले दाबी गरेको छ । कोहेनले स्टेफानीलाई पैसा दिएको बिषयमा केही बताएका छैनन् तर ट्रम्प र स्टेफानीबिच यौन सम्बन्ध रहेको कुराको भने खण्डन गरेका छन् । ट्रम्प र स्टेफानीबिच सन् २००६ मा गल्फ प्रतियोगिताको क्रममा भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्