‘मिस्टर झोले’ हल-हलमा



काठमाडौं, २९ पुस

हिजो शुक्रबारबाट  एक स्टार परिक्षामा उत्रिएका छन् । अभिनेता दयाहाङ राई  स्टारर फिल्म ‘मिस्टर झोले’  हिजैदेखि  प्रदर्शनमा आएको  छ । फिल्म चलेसगै यति बेला सबैको चासो बनेको छ चल्तीका यी स्टार अभिनित फिल्मले कस्तो व्यापार गर्ला ?  फिल्मले दर्सकको मन जित्न सफल होला ?

दयाहाङ अभिनित फिल्म ‘तान्द्रो’ पछि ‘मिस्टर झोले’ प्रदर्शनमा आएको हो । यो एउटा कमेडी फिल्म हो जसमा रामबाबु गुरुङले निर्देशन गरेका छन् भने दयासँगै अन्य कलाकारहरु दिया पुन, बर्षा राउत, बुद्धि तामाङ, प्रविण खतिवडा, विजय बराल लगायतको धमाकेदार अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्