‘बटरफ्लाई’ लिएर प्रियंका सिनेमा घरमा



काठमाडौं, २९ पुस

शुक्रबारबाट स्टार प्रियंका कार्की अग्नि परिक्षामा उत्रिएकी छन् । अभिनेत्री कार्की अभिनित स्टार ‘बटरफ्लाई’ हिजैदेखि प्रदर्शनमा आएको छ । कार्की अभिनित फिल्म चलेसगै सबैको चासो बनेको छ, फिल्मले दर्सकको मन जित्न सफल होला ? कस्तो व्यापार गर्ला ?

‘बटरफ्लाई’ मा ओमप्रतिक गुरुङको निर्देशन रहेको छ । फिल्ममा सिनेमा आर्टस् र टेकेन खड्का प्रोडक्सनको संयुत्त प्रस्तुती रहेको छ । फिल्ममा टेकेन खड्का र रौनक विक्रम कंडेल दुइजनानिर्माता रहेका छन् ।

त्यसैगरी ‘फाटेको जुत्ता’ पछि प्रियंका अभिनित ‘बटरफ्लाई’ प्रदर्शनमा आएको हो । आर्यनको भने यो दोश्रो फिल्म हो । अर्पण अभिनित फिल्म ‘फिर्के’ गत साता मात्रै प्रदर्शनमा आएको थियो । नायिका प्रियंकासँगै नायक आर्यन अधिकारी र अर्पण थापाको मुख्य भूमिका रहेको छ । गत साल ‘के म तिम्रो होइन र’ बाट आर्यनले रजतपटमा डेव्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्