काठमाडौँ, २१ पुस
भारतका चर्चित हास्य कलाकार सुनिल ग्रोवर अर्थात्, डा.गुलाटी एकसाता अघि नेपाल आएका थिए ।राजधानीमा भएको एक कर्पोरेट शोमा सहभागी हुनका लागि उनी नेपाल आएका थिए । उनीसँगै नेपाली कलाकारहरु गायक हेमन्त राना, नायिका स्वस्तिमा खड्काले पनि आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
उनले काठमाडौं आएपछि पशुपतिनाथ मन्दिरको समेत दर्शन गरेका थिए । सुनिलले पशुपतिमा एक बाबासँग उभिएको तश्विर समेत आफ्नो आधिकारीक इन्स्टाग्राममा राखेका छन् । उनको निधारमा रातो चन्दन र घाँटीमा रुद्राक्षको माला देख्न सकिन्छ ।
भारतीय कमेडियन कपिल शर्मासँगको झगडापश्चात ‘द कपिल शर्मा शो’बाट बाहिरिएका सुनिल ग्रोवर अहिले विभिन्न देशमा हुने कार्यक्रममा व्यस्त छन् । चाँडै कपिलले सोनी च्यानलमा सुरु गर्न लागेको नयाँ शोमा सुनिलले सँगै काम गर्ने भएको बताइएको छ । सुनिले डा गुलाटी, महिलाको भेषमा गुथ्थीको रुपमा गरेको अभिनयबाट चर्चित भएका थिए ।