गिनिज वर्ल्ड रेकर्डमा भएका अनौठो खालका रेकर्डहरु



काठमाडौँ, ३० पुस : आफ्नो नाम संसारले चिनुन भन्ने इच्छा सबैको हुन्छ । जब कुरा विश्व रेकर्डको आउँछ तब आफ्नो नाम सदाको लागि गिनिज वर्ल्ड रेकर्डमा स्थापित गर्नका लागि मानिसहरु अनौठो-अनौठो कार्यहरु गर्छन् । यस्तै गिनिज वर्ल्ड रेकर्डमा भएका अनौठो खालका रेकर्डहरु यस प्रकार रहेका छन् ।

१. विवाहको समयमा जोडीहरू आफ्नो लुगालाई लिएर निकैनै चिन्तित हुन्छन् । तर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनका लागि जमैकामा २९ जोडीहरुले लुगा नलगाईकन विवाह गरेर विश्व रेकर्ड राखेका छन् । यो रेकर्ड अहिले सम्मको अनौठो र विवाहको पहिलो रेकर्ड हो ।

२. चुम्बन गर्नु सामान्यतया मानिए पनि धेरै बेरसम्म चुम्बन गर्न रुचाउदैनन् जोडीहरु । तर थाइल्याण्डमा एक जोडिले ४६ घण्टा २४ मिनेटसम्म एक अर्कोलाई चुम्बन गरेर सबैभन्दा लामो समयसम्म चुम्बन गर्ने जोडीको रुपमा आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा लेखाएका छन् ।

३. क्रिस निकोलसन नाउँ गरेको एक व्यक्तिले १ मिनेटमा २० वोटा ब्रा खोलेर संसारकै सबैभन्दा छिटो ब्रा खोल्ने व्यक्तिको रुपमा विश्व रेकर्ड राखेका छन् । यी व्यक्तिले ३ सेकेन्डमा एउटा ब्रा खोल्न सक्ने क्षमता राख्दछन् ।

४. वेश्यावृत्ति भन्ने बित्तिकै हाम्रो सोच नकारात्मक दृष्टिकोण तिर जान सक्छ । वेश्यावृत्तिलाई उमेरले छेक्न सक्दैन भने झैँ एक वेश्याले विश्वास नै गर्न नसकिने रेकर्ड राखेकी छिन् । ८० वर्षकि ची को नाम गरेकी महिला एक वेश्या हुन् । उनले संसारकै वृद्ध वेश्या भएको दाबी गर्दै आफ्नो नाम गिनिज वर्ल्ड रेकर्डमा लेखाएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्