महँगो बन्यो आइपिएल



यतिखेर भारतभरी इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको चर्चा चलिरहेको छ । प्रतियोगितामा नाम दर्ता गराएका खेलाडीको न्यूनतम मूल्य निर्धारण समेत गरिएको छ। प्रतियोगिता यहि २७ र २८ जनावरीमा हुने अक्सन (बोलकबोल) मा ३६ खेलाडीको न्यूनतम मूल्य ३ करोड २० लाख रुपैयाँ राखिएको छ। १३ जना भारतीय खेलाडी र २३ जना विदेशी खेलाडीलाई किन्न न्यूनतम ३ करोड २० लाख रुपैयाँ खर्च गर्नु पर्नेछ।

शुक्रबार अन्तिम समय रहेको नाम दर्ता प्रक्रियामा ११ सय २२ खेलाडी सहभागी भएका थिए। जसमा २ सय ८१ राष्ट्रिय टिमबाट खेलेका र ८ सय ३८ राष्ट्रिय टिमबाट नखेलेका छन्। ११ सय २२ मध्ये खेलाडीबाट फेन्चाइज टिमले अक्सनबाट खेलाडी किन्नेछन्। अक्सनमा ७ सय ७८ भारतीय खेलाडी छन् भने तीन जना एसोसिएट राष्ट्रका छन्।

न्यूनतम ३ करोड २० लाख रुपैयाँ मूल्य भएका खेलाडी

भारत– रविचन्द्रन आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, गौतम गाम्भिर, केदार जादव, दिनेश कार्तिक, मुरली विजय, अजिन्का राहाणे, लोकेश राहुल, कर्ण शर्मा, युवराज सिंह, हरवजन सिंह, रोविन उथप्पा

विदेशी खेलाडी– रसिद खान, पाट कमिङ्ग्स, जेम्स फल्कनर, जोश हजलउड, मिचेल जोनसन, क्रिश लियोन, ग्लेन म्याक्सवेल, मार्कोस स्टोइनिस, मिचेल स्टार्क, क्यामरन ह्वाइट, इयन मोर्गान, लियाम प्लुङकेट, बेन स्टोक्स, डेभिड विलिऽ क्रिस ओएक्स, कोरी एन्डर्सन, ब्रेन्डन म्याकुलम, क्वान्टन डे कक, कोलिन इन्ग्राम, एन्जेलो म्याथ्यु, ड्वायन ब्राभो, क्रिस गेल, केइरन पोलार्ड

न्यूनतम २ करोड ४० लाख रुपैयाँ मूल्य भएका खेलाडी

आरोन फिन्च, अमित मिश्रा, डेभिड मिल्लर, इभिन लेविस, फाप डु फ्लेसिस, ह्यारी गुन्री, हसिम अम्ला, जासन होल्डर, जासन रोए, जयदेव उनादकद, जोए रुट, जोनी बिस्ट्र, जोस बटलर, कागिसो राबाडा, केन विलियमसन, कुलदिप यादव, केल एबोट, लेन्ड सिमोन्स, मार्क विड, मिचेल क्लिङगर, मोइन अली, मोहित शर्मा, मोइसिस हेनरिक्स, नाथान काउल्टर निल, नाथान लियो,न पिटर ह्यान्डकम, रवि बोपारा, साउन मार्स, स्टेभिन फिन, त्रभिस हेड, ट्रेन्ड बोउल्ट, वासिङटन सुन्दर

न्यूनतम १ करोड ६० लाख रुपैयाँ मूल्य भएका खेलाडी

एडम जाम्पा, एलेक्स हल्स, एन्ड्रिय टेइ, वेन कटिङ, कार्लोस बाथवेट, क्रिस जोर्डन, डेल स्टेन, ड्यानियल क्रिस्टियन, ड्वान स्मिथ, जासन ब्रेनेन्डोफ, जेपी डुमिनी, लासिथ मालिङगा, मनिष पाण्डे, मिचले म्याक्लिङघन, मोहमद सामी, मोहमद सिराज, इमरान ताहि,र मुस्ताफिजुर रहमान, पार्थिव पटेल, पियुस चावला, साम विलिङ्ग्स, स्यामुयल बद्री, सन्जु सामसन, सकिब अल हस,न सेन वाट्सन, टिम साउदी, टोम कुरान, टाइमल मिल्स, उमेश यादव, विनय कुमार, ऋद्धिमान साह

यसअघि पहिलो चरणमा आवद्ध भएका खेलाडीको मूल्य

मुम्बइ इन्डियन्स
रोहित शर्मा– १५ करोड भारु, हार्दिक पान्ड्या–११ भारु, जसप्रित बुमराह – ७ करोड भारु

रोयल च्यालेन्जर्स बेंग्लोर
विराट कोहली–१७ करोड भारु, एबी डिभिलियर्उस–११ करोड भारु र शर्फराज खान १ करोड ७५ लाख भारु

कोलकता नाइटराइडर्स
सुनिल नारायण– ८ करोड ५० लाख भारु, आन्द्रे रसेल ७ करोड भारु

दिल्ली डेयरडेभिल्स
रिशव पन्त – ८ करोड भारु, क्रिस मोरिस – ७ करोड १० लाख भारु, श्रेयास इयर ७ करोड भारु

किंग्स इलाभेन पञ्जाव
अक्षर पटेल– ६ करोड ७५ लाख भारु

सनराइजर्स हैदरावाद
डेभिव वार्नर– १२ करोड भारु, भुवनेश्वर कुमार – ८ करोड ५० लाख भारु

चेन्नइ सुपरकिंग्स
महेन्द्रसिंह धोनी–१५ करोड भारु, सुरेश रैना ११ करोड भारु र रविन्द्र जडेजा ७ करोड भारु

राजस्थान रोयल्स
स्टेभिन स्मिथ– १२ करोड भारु

प्रतिक्रिया दिनुहोस्