प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण



काठमाडौँ : प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले आज मिति २०७४ पौष २९ गते चितवन जिल्लाको चैनपुरस्थित श्री सैनिक आवासीय महाविद्यालय र भरतपुरस्थित श्री महिन्द्रदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त विद्यालय तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति श्री क्षत्री आज भरतपुरस्थित श्री महिन्द्र गणमा मुकाम रहनु हुने र मिति २०७४ माघ १ गते नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणको निरीक्षण भ्रमण गर्नु भई सोही दिन काठमाण्डौं फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्