बलिउडका सर्वाधिक धनी १० नायिकाहरु



एजेन्सी, ३० पुस:  बलिउडका नायक नायिकाको सम्पत्ति बेला बखत चर्चाको विषय बन्ने गरेको छ । एक एक फिल्ममा काम गर्न करोडौं रकम असुल्ने नायकहरुसँग अबौंको सम्पत्ति हुनु त स्वभाविक भई नै हाल्यो । यद्दपी यि मध्ये  केही नायिकाको कमाईको माध्यम फिल्म मात्र नभएर अन्य व्यवसाय पनि छ । आज हामी चर्चा गर्दैछौ यिनै नायिकाहरुको बारेमा ।

१. ऐश्वर्या राय बच्चन :
ऐश्वर्या राय बच्चन हिजोआज फिल्महरुमा खासै सक्रिय छैनन् । तर पनि बलिउडकी सर्वाधिक धनी नायिकामा कायम छिन् । एक अनुमान अनुसार सन् २०१५ सम्म ऐश्वर्या रायको कुल सम्पत्ति ३७६ करोड नेरु बराबर रहेको छ ।

२. अमिषा पटेलः
लामो समय देखि बलिउडमा खासै फिल्महरुमा देखा पदिएनन् । यदा कदा मात्र ठूलो पर्दामा देखिने अमिषा पटेल सम्पत्तिको मामिलामा दोस्रो नम्बरमा छिन् । अनुमान अनुसार अमिषा पटेलको जम्मा सम्पत्ति ३२० करोड नेरु बराबर भन्दा पनि बढी रहेको छ । अमिषाको व्यवसायिक बुद्धि राम्रो रहेको मानिन्छ ।

३. अमृता राव :
धनी नायिकाहरुको सूचीमा तेस्रो नम्बरमा रहेकी अमृता राव पनि बलिउडकी असफल नायिका हुन् । यिनी हिजोआज फिल्ममा काम पनि गर्दिनन् । यद्यपि सानो पर्दामा मेरी आवाज ही पहचान है, सिरियलमा काम गर्दै छिन् । पछिल्लो आयकर रिटन्र्स मुताविक यिनको सम्पत्ति लगभग २१४.४ करोड नेरु बराबर रहेको छ ।

४. काजोल :
काजोज पनि ती नायिकाहरुमध्य एक हुन जो विहे गरेर सेटल भइसकेकी छन् । यद्यपि यदाकदा यिनी केही फिल्ममा पनि देखापर्ने गरेकी छन् । सम्पत्तिको मामिलामा काजोज चौथो नम्बरमा छिन् । यिनको सम्पत्ति लगभग १७१.२ करोड नेपाली बराबर रहेको छ ।

५. इलियाना डिक्रुज :
दक्षिणबाट बलिउडमा आउने इलियाना यस सूचीमा पाँचौं नम्बरमा छिन् । इलियाना दक्षिणकी सुपर स्टार हुन् । बलिउडमा बर्फी र मै तेरा हिजो जस्ता फिल्महरुमा काम गरिसकेकी छन् । यिनको कुल सम्पत्ति लगभग १५०.४ करोड नेपाली बराबर रहेको छ ।

६. करिश्मा कपुर :
विहे गरेर फिल्मबाट टाढी सकेकी करिश्मा कपुर आफ्नो श्रीमान संजय कपुरसँग डायभोर्स केसलाई लिएर केही समय अगाडि निकै चर्चामा थिइन् । सम्पत्तिको मामिलामा करिश्मा कपुर छैठौ नम्बरमा छिन् हुनत लामो समयपछि करिश्मा कपुर डेन्जरस इश्कमा देखापरेकी थिइन् तर फिल्म बाक्स अफिसमा असफल भयो । खैर, यिनको सम्पत्रि लगभग १२८ करोड नेरु बराबर रहेको छ ।

७ डिम्पल कपाडिया :
आफ्नो समयकी सफल नायिका डिम्पल कपाडिया सम्पत्तिको हिसाबले सातौ स्थानमा छिन् । यिनको जम्मा सम्पत्ति ११२ करोड नेरु बराबर रहेको छ ।

८. मल्लिका शेरावत :
आफ्नो हाट भूमिकाहरुका कारण सदैव चर्चामा रहने गरेकी मल्लिका शेरावत आठौं नम्बरमा रहेकी छिन् । यिनको जम्मा सम्पत्ति १०७.२ करोड नेरु बराबर रहेको छ ।

९. प्रिटी जिन्टा :
बलिउडका अतिरिक्त आइपिएला पनि चर्चामा आइरहने प्रिटी जिन्टा सम्पत्तिको मामिलामा नवौं नम्बरमा रहेकी छिन् । यिनको सम्पत्ति १०५.६ करोड नेरु बराबर रहेको छ ।

१०. प्रियका चोपडा :
प्रियंका चोपडा अहिले बलिउड र हलिउड दुवै स्थानमा अनेक फिल्महरुमा काम गर्दैछिन् । सम्पत्तिको मामिलामा दशौं स्थानमा छिन् । तर केही समय मै संभवत पहिलो नम्बरमा हुने छिन् । हाललाई प्रियंकाको जम्मा सम्पत्ति ८८ करोड नेरु बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्