म्याड्रिडको हारले जिदानको पद संकटमा



काठमाडौ, ३० पुस :  स्पेनिस ला लिगा ! गएराती रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिड १-० गोल अन्तरले भिल्ला रियलसँग पराजित  भएको छ । लगातारको हारपछि कोच जिनेदिन जिदानलाई पद छोड्न दबाब बढ्न थालेको छ । हारसँगै लिगमा रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १६ अंकले पछाडी परेको छ ।

यस खेलमा भिल्ला रियलका पाब्लो फोर्नाल्सले खेलको ८७औ मिनेटमा गोल गर्दै रियलमाथि महत्वपूर्ण जित दिलाएका थिए । घरेलु मैदानमा रियलले पुरा खेलमा आफ्नो दबदबा बनाएपनि गोल गर्न नसक्दा खेल हार्नु परेको थियो । रियल म्याड्रिडलाई यस खेलमा भाग्यले पनि साथ् नदिएको देखिन्थ्यो । खेलको पहिलो हाफमा दुई पटक पेनाल्टको मौकालाई रेफ्रीले दिन अस्विकार गरेपछि गोल गर्ने अवसरबाट चुकेको थियो ।
रियल यस सिजनमा ४ खेलमा पराजित भएको छ भने ५ बराबरी र ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै भिल्ला रियल १९ खेलमा ३१ अंक सहित लिगमा छैठौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्