आर्मीकी रिनाले हात पारिन ५ सय अमेरी डलर



काठमाडौं, १ माघ

बाग्लुङको बुर्तिवाङ बजारमा सम्पन्न पांचौ पुरुष तथा प्रथम महिला राष्ट्रिय प्रोफेसेनल आइटिएफ तेक्वान्दो प्रतियोगिताको महिला तर्फको उपाधि नेपाल आर्मी क्लबकी  रिना धिमालले जितेकी छिन् ।

सनिबार सम्पन्न खेलमा आफ्नो प्रतिस्पर्धीलाई हराउदै पुर्वी तराइ बेलवारी नगरपालिका मोरङकी धिमालले उपाधि जितेकी हुन् । विजयी रिनाले बेस्ट फाइटर बेल्ट, गोल्ड मेडल र ५ सय  अमेरिकी डलर पुरस्कार समेत पाएकी छिन् । जित सगै रिनाले आगामी फागुन २ गते हुने ९ औँ एसियन आइटीएफ प्रतियोगितामा समेत सहभागिता जनाउन पाउने भएकी छिन् ।

ढोरपाटन आइटिएफ तेक्वान्दो दोजाङको आयोजना बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको सह आयोजना र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघको संरक्षणमा भएको प्रतयोगितामा आठ टोलीका खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्