विश्व किर्तिमानी दिनेश अमेरिकाको प्रशिक्षक



काठमाडौं, १ माघ

विश्वमा अनौठो अनौठो रेकर्ड राख्ने प्रतिस्पर्धा चलिरहदा भर्खरै मात्र खोटाङ  जिल्ला  राजापानीका दिनेशले सुनुवारले एउटा बिश्व रेकर्ड राखेका छन् ।

१ मिनेट भित्रमा १८ पटक उल्टो जम्प अर्थात  twisting backflips गरेर दिनेसले Guinness world records प्राप्त गरेका हुन् ।। बिगतमा कसैबाट पनि यस्तो खालको रेकर्ड दर्ता नगराएको हुनाले यो नै गिनिज बुकमा उल्टो जम्प तर्फकोको पहिलो रेकर्ड समेत रहेको पाहिएको छ । सुनुवारलाई सो खेलको प्रशिक्षण दिनको लागि  अमेरिकाले समेत बोलाएको छ  । उनी उल्टो जम्प खेलको प्रशिक्षण दिन केहि दिनमा अमेरिका जादैछन  ।

सानै उमेरदेखि खेलकुदमा बिषेस रुची राख्ने सुनुवारले भर्खरै  विश्व रेकर्डको आधिकारिक पुस्तक गिनिज बुकमा आफ्नो नाम लेखाउदै आफ्नो प्रमाणपत्र समेत लिएका छन् ।

हिजो  खेलकुद परिषदले आयोजना गरेको बधाई तथा बिदाइ कार्यक्रममा सदस्य सचीव केशव बिष्टले शुभकामना दिदै राखेपको तर्फबाट बधाई प्रमाणपत्र तथा प्रोत्साहन स्वरुप रु २५००० नगद सहयोग समेत गरेका थिए । उनलाई नेपाली झण्डा ओडाएर बिष्टले सम्मान गरेका थिए  । सम्मान पछि बोल्दै सदस्य सचिब बिस्टले नेपाल र नेपाली जनताको शिर उच्च बनाइदिएकोमा दिनेशलाई नेपाली खेलकुद जगतले सदैब सम्झिरहने भन्दै धन्यवाद समेत  दिएका थिए । खोटाङमा जन्मेर अमेरिकामा प्रशिक्षक भएकोमा खोटाङेँ जनता र सारा  नेपालीहरुको इज्जत र प्रतिस्ठा बढेको  पनि सदस्य सचीव बिष्टले बताए ।

कार्यक्रममा परिषदका प्रशिक्षक तथा अनेरास्ववियुका पुर्ब विद्यार्थी नेता महेन्द्र राई , युवा संघ नेपालका नेता प्रभात बिक्रम कटबाल लगायतको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्