नेपालकै महँगो चलचित्र शत्रु गते



काठमाडौं,१ माघ

 चैत्र ९ गतेबाट रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘शत्रुगते’ को ओभरसिज र डिजिटल राइट्स महँगो रकममा बिक्रि भएको छ । ओएसआर डिजिटलले चलचित्रको राईट्स १ करोड ११ लाखमा खरिद गरेको हो ।

अब नेपालमा सर्बाधिक  महंगोमा बिक्रि हुने चलचित्रमा ‘शत्रु गते’ परेको छ ।  ‘छक्का पन्जा २’ चलचित्रलाई हाइलाइट्स नेपालले ९५ लाखमा खरिद गरे संगै महंगोमा परेको  थियो ।

प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरि, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । किरण केसीले निर्माण गरेको चलचित्र सत्रु गते मह संचारको प्रस्तुती हो । चलचित्रको रुपै मोहनी गित सार्बजानि भइसकेको छ जसलाई सबैले रुछेको पाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्