किन गरिन अदीतिले छुट्टै प्रेसमिट



नेपाली कथानाक चलचित्र ‘कृ’ की नायिका अदीति बुढाथोकीले छुट्टै प्रेसमिट गरेकी छन् । ‘सेल्फ प्रोमोट’ को लागि अदीतिले यही आइतबार प्रेसमिट गरेकी हुन् । सञ्चारकर्मीबाट प्रेसमिटमा विभिन्न प्रकारका प्रश्नको सामाना गरेकी अदीतिले केही नयाँ कुराको पनि खुलासा गरिन् ।

आफु अनमोलको अगाडी छायाँमा पर्ने डरले सुटुक्क एकल प्रेसमिट गरेको आरोपलाई अदीतिले ठाडै अस्विकार गरिन् । उनले भनिन ‘म अनमोलको छायाँमा कहिलै र् कुनै हालतमा पनि पर्दिंन’ । तर छुट्टै  प्रेसमिट गर्नुको कारण के हो ? भन्ने प्रश्नको भने खासै उत्तर दिन चाहिनन् ।

उनले अनमोल केसीको ‘ड्रिम्स’ फिल्मको अफर आएर पनि आफुले नखेलेको बताइन । त्यतिबेला आफु पूर्णरुपमा तयार नभएको कारण नखेलेको बताइन ।
यही माघ २६ गतेदेखि प्रदर्शनमा आउने ‘कृ’ मा अदिति सोलो नायिकाको रुपमा प्रस्तुत भएकी छन् । सुवास गिरी र भुवन केसी निर्मित ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल र अतिदिसँगै अनुपविक्रम शाहीको पनि मुख्य भूमिका देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्