राष्ट्रपतिले मनाइन कलाकारसँग माघे संक्रान्ति



काठमाडौं, १ माघ

आज राष्ट्रपति विद्यादेवी भण्डरीसँग कलाकारहरुले माघे संक्रान्ति मनाएका छन् । माघे संक्रान्ति मनाउने कलाकारहरुमा चर्चित अभिनेता शिव श्रेष्ठ, भुवन केसी, आकाश अधिकारी, अभिनेत्री बसुन्धरा भूषाल, श्वेता खड्का तथा गायिका रेखा शाह रहेका छन् ।  उनीहरु माघे संक्रान्ति मनाउन  आज बिहानै शितल निवास पुगेका थिए ।

कलाकार टोलीले राष्ट्रपति समक्ष झण्डै एक घण्टा निवासमा बिताएका थिए । भेटमा कलाकार र रास्ट्रपति बीच माघे संक्रान्तिको शुभकामना आदानप्रदान पनि भयो ।

माघे संक्रान्ति मनाउँन राष्ट्रपतिमाझ पुगेका कलाकर्मीको केही तस्बिर हेर्नुस् :

प्रतिक्रिया दिनुहोस्