शिल्पा सीन्देले जितिन ‘बिग बोस’



काठमाडौं, १ माघ

भारतीय टेलिभिजनबाट प्रशारित चर्चित रियालिटी शो ‘बिग बोस’ सिजन ११ को टाइटल शिल्पा सिन्देले जितेकी छन् । १९ प्रतिष्प्रधिबाट सुरु भएको यस सिजनको कार्यक्रममा विकास गुप्ता र हिना खानलाई पछि पार्दै सिन्देले उपाधी जित्न सफल भएकी हुन् ।

कलर्स टेलिभिजनबाट प्रशारण हुने यस शो को विजेता बनेसँगै शिल्पाले अन्य शो पनि हात पारेकी छिन । भारतीय मिडियालाई आधार मान्ने हो भने शिल्पाले टेलिभिजनको तर्फबाट ३ शो को अफर पाएकी छिन । सलमान खान होस्ट भएकै कारण चर्चामा रहेको शो झन्डै ३ महिना चलेको थियो ।

यससँगै शिल्पाले ५० लाख क्यास पनि जितेकी छिन । तर उनले ४४ लाख मात्र प्राप्त गर्नेछिन् । उनले एक टास्कमा ६ लाख गुमाएकी हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्