विश्वकै ह्याण्डसम अभिनेता बने ऋतिक



काठमाडौं, १ माघ

भारतका चर्चित नायक ऋतिक रोशन विभिन्न कारण सदावहार चर्चामा आइरहन्छन् । श्रीमती सुजैनलाई डिर्भोस दिएर एकल जीवन बिताइरहेका ऋतिक यतिबेला विश्वका सबै अभिनेताहरुलाई पछि पार्दै ह्यान्डसम एक्टर बन्न सफल भएका छन् ।

वल्र्डस्टपमस्ट डटकमले जारी गरेको विश्वका ह्याण्डसम अभिनेताको सूचिमा ऋतिक पहिलो नम्बरमा पर्न सफल भएका हुन् । ऋतिक हलिउड एक्टर रोवर्ट पेटिनसन र क्रिस इवान्सलाई पछि पार्दै सूचीको पहिलो नम्बरमा आएको वल्र्डस्टपमस्टले जनाएको छ ।

सलमान ह्याण्डसम नायकको सूचिको पाँचौँ स्थानमा रहँदा गेन्टाम हिडलेस्टन, हेनरी कविल, नूह मिल्स जस्ता अभिनेताहरु समेत अटाएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्