नेयमार बिना पिएसजीलाई कठिन



काठमाडौं, १ माघ

आइतबार राति भएको फ्रेन्च लिग वान फुटबल अन्तर्गतको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी)ले कठिन जित निकालेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले नान्टेसलाई १–० ले हराएको हो । १२ औँ मिनेटमा एन्जल डि मारियाले गरेको गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

खेलमा नेयमार उपस्थित थिएनन् । प्रशिक्षकले उनको फिटनेसमा समस्या रहेका कारण आराम दिएका हुन् । विवादास्पद रातो कार्डका कारण डिएगो कार्लोस इन्जुरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेस १० खेलाडीमा सीमित भएको थियो । जितपछि लिडर पिएसजीको २० खेलबाट ५३ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्