बोर्नमाउथसँग आर्सनल पराजित



काठमाडौं, १ माघ

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बोर्नमाउथसँग आर्सनल पराजित भएको छ । अवे मैदानमा भएको खेलमा आर्सनल बोर्नमाउथसँग २–१ ले पराजित भएको हो  ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५२ औँ  मिनेटमा हेक्टर बेलरिनको गोलबाट आर्सनलले अग्रता लियो । तर बोर्नमाउथले चार मिनेटको बिचमा दुई गोल गरेर खेल उल्टायो । बोर्नमाउथका लागि ७० औँ मिनेटमा कालुम विल्सनले बराबरी गोल गरे । त्यसको चार मिनेटपछि जोर्डन आइबले गोल गर्दै बोर्नमाउथलाई २–१ को जित दिलाए ।

हारपछि छैटौँ स्थानको आर्सनलको २३ खेलबाट ३९ अंक छ । १३ औँ स्थानमा रहेको बोर्नमाउथको २३ खेलबाट २४ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्