हारसंगै रियल मड्रिड १९ अंकले पछि



काठमाडौं, १ माघ

आइतबार राति भएको  स्पेनिस ला लिगामा बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ । खेलमा लिग लिड बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले हराएको हो । सुरुमा २ गोलले पछि  परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै नजिता आफ्नो पोल्टामा परेको हो ।

११ औँ मिनेटमा विलियम जोसे डा सिल्भाको गोलबाट सोसिडाडले सुरुवाति अग्रता लियो । त्यसपछि पनि उनले गोल गरेका थिए तर फउल भएका कारण रेफ्रीले मान्यता दिएनन् । ३४ औँ मिनेटमा आनमीले गोल गर्दै सोसिडाडको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि पाउलिन्होले बार्सिलोनाका लागि पहिलो गोल गरे ।

लुइस स्वारेजले ५० औँ मिनेटमा बार्सिलोनाका ला ७१ औैँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–२ को अग्रता लियो । ८५ औँ मिनेटमा लियोनल मेस्सीले एक गोल थपेपछि बार्सिलोना ४–२ ले विजयी भयो ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको १९ खेलबाट ५१ अंक भएको छ । बार्सिलोनाको दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँगको अंक दूरी ९ छ । बार्सिलोना साबिक विजेता रियल मड्रिड जो अहिले चौथो स्थानमा छ, उ भन्दा १९ अंकले अघि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्