‘लिलिबिली’ को पहिलो गीत सार्बजानिक ( भिडियो सहित )



काठमाडौं, २ माघ

हिजो माघेसंक्रान्तिको अवसर पारेर फिल्म ‘लिलिबिली’ को एउटा गीत सार्बजानिक भएको छ ।

नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीको जोडीलाई लिएर बनाइएको उक्त फिल्मको गीतमा नायक प्रदीप र नव-नायिका जसिता गुरुङ प्रस्तुत छन् । प्रताप दास र मेलिना राईको स्वरमा रहेको गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको केमेष्ट्री गजबको देख्न सकिन्छ । चलचित्र ‘लिलिबिलि’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ईज् इट लभ’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

गीतमा एलिस कार्कीको संगीत र राजेश कुमार श्रेष्ठको शब्द रहेको छ । प्रताप दास र मेलिना राईको स्वर रहेको गीतको भिडियो चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् ।

बेलायतको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्