काठमाडौं, २ माघ
हिजो माघ १ गते लमजुंगको बेसीसहरमा घलेहरुको ल्होसार पर्ब धुमधामसँग मनाइएको छ । लिल फङ्गले आयोजना गरेको केन्द्रिय लिला ल्होसा २०७४ यो पटक लमजुंगको बेशीसहरमा नेकपा एमालेका बरिस्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा ल्होसारको शुभकामना दिदै खनालले यो मुलुकको १२९ जातजाति १२३ भाषाभाषीमध्धे एउटा छुट्टै विशेषता भएको जाती हुँदाहुदै पनि घलेहरुलाई आदिबासी जनजातिको अनुसूचिमा सुचिकृत नगराउनु विडम्बनाको बिषय भएको बताए । घलेहरुको छुट्टै भाषा छ, भेषभुषा छ अनि रितिरिवाज छ तेसैले आगामी बन्ने बामपन्थी सरकारले घलेहरुलाई पनि आदिबासी जनजातिको अनुसूचिमा सुचिकृत गराएरै छाड्ने समेत उद्घोष गरे ।
सबै जातजातिको समानुपातिक ढंगले हक अधिकार र उत्थान नभए सम्म यो मुलुक सम्वृद्धिमा जान नसक्ने समेत प्रष्टाए ।
लिल फङ्गको केन्द्रिय अध्यक्ष निदेश घलेको अध्यक्षतामा सम्मपन्न उक्त कार्यक्रममा पुर्ब संसद जमिन्द्रमान घले, प्रा.डा. दानाराज रेग्मी, डा. कृष्ण भट्टचन लगायतको उपस्थित रहेको थियो । घलेहरुले माघ १ गतेलाई आफ्नो ल्होसार मनाउदै आएका छन् ।