भाग्यमानी पति पत्नीमा हुने फरक गुणहरु



काठमाडौं, २ माघ

सबै यहि सोचिरहेका हुन्छन ताकी पति पत्नीमध्ये कसले कसलाई बढी माया गर्छ ? अक्सर दम्पतीबीच पनि यस किसिमको बहस चलिरहेको हुन्छ । हुनत हरेकले आफुले नै बढी माया गर्ने बताउँछन् । यो स्वाभाविक पनि हो ।

यति हुँदाहुँदै पनि उनीहरुबीच मनमुटाव हुन्छ । ठाकठुक पर्छ । झैझगडा हुन्छ । बैमनश्यता हुन्छ । कुटाकुट समेत हुन्छ । दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण हुँदैन । त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य-चक्रमा कहिले घाम, कहिले पानी हुन्छ ।

यसो भन्दैमा उनीहरुले एकअर्कालाई प्रेम गर्दैनन् भन्ने होइन । प्रेम गर्छन् । तर, कति ? प्रेमलाई नाप्ने कुनै ब्यारोमिटर हुँदैन । यद्यपी पति-पत्नीमा कसले, कसलाई बढी माया गरिरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो हुन्न । उनीहरुको व्यवहार, बडील्याङ्वेज, मनोभाव आदिबाट यो कुरा दर्शाइरहेको हुन्छ ।

सामिप्यता खोज्ने

पति वा पत्नीमध्ये कसले, कसको बढी सामिप्यता खोज्छ ? यसले पनि उनीहरुको मनोभाव बुझ्न सकिन्छ । जसले आफ्नो पार्टनर नजिक हुँदा बढी आनन्दित महसुष गर्छ, जो आफ्नो पार्टनरसँग अनेक वहानाले नजिकिन खोज्छ । स्पर्श गर्न चाहन्छ । पक्कैपनि उनीहरुमा पार्टनरप्रति बढी माया हुन्छ ।

उनीहरु बिहे, भोजमा होस् वा घुमघाममा, सिनेमा हेर्न होस् वा पारिवारिक जमघटमा आफ्ना पार्टनरको उपस्थिती खोज्छन् । पार्टनरको अनुपस्थितीमा खल्लो अनुभव गर्छन् ।

  • केयरिङ

हाम्रो मुड सधै एकनास रहँदैन । कहिले खुसी र कहिले दुखी भइन्छ । यस्तो अवस्थाबारे ख्याल राख्ने पार्टनरमा माया हुन्छ । यदि पति/पत्नी दुखी हुँदा त्यसबारे चासो राख्छ र उनलाई सामान्य अवस्थामा फर्काउने प्रयास गर्छ भने त्यस्ता पार्टनरमा माया हुन्छ ।

यस्ता पति/पत्नीले आफ्ना पार्टनरको स्वास्थ्य अवस्था के छ, दिनभर के खायो, के खाएन, औषधीको छुट्यो कि भन्नेसम्मका ख्याल राख्ने गर्छन् । त्यतीमात्र होइन, पार्टनरले लगाएको लुगा ठिक छ/छैन, गरेको काम सही छ/छैन भन्नेसम्ममा चासो राख्छन् । पार्टनरलाई जाडो भएको, भोकाएको, थाकेको सबै अवस्थाबारे बुझ्न खोज्ने पति/पत्नी मायालु हुन्छन् ।

  • खुसीको खोजी

पार्टनरको अनुहार सधै हँसिलो होस्, खसी होस् भन्ने चाह राख्ने पति/पत्नीलाई पनि सकारात्मक मान्नुपर्छ । यस्ता पति/पत्नी पार्टनरको खुसीमा आफ्नो खुसी खोज्छन् । पार्टनरको सुखमा आफु आनन्दाभूत गर्छन् । त्यतीमात्र होइन, पार्टनर के कुरामा खुसी हुन्छन्, के कुरामा रमाउँछन् त्यस्तै वातावरण बनाउने प्रयास गर्छन् ।

  • सकारात्मक भाव

कतिपय दम्पतीमा के हुन्छ भने, पति वा पत्नीले भनेको कुरालाई गलत व्याख्या गर्ने । गलत ढंगले बुझ्ने । यहि कारण उनीहरुमा मनमुटाव भइरहन्छ । यद्यपी पति/पत्नी जो आफ्नो पार्टनरप्रति सकारात्मक भाव राख्छन् । पार्टनरको भावनालाई सम्मान गर्छन् । पार्टनरले बोलेको, भनेको, सोचेको कुरालाई सकारात्मक रुपमा लिन्छन् । यस्ता पति/पत्नीले आफ्ना पार्टनरलाई माया गर्छ ।

  • सहयोगको भावना

अक्सर पति घरबाहिरको काम गर्ने, पत्नीले घरधन्दाको काम गर्ने पारिवारिक संरचना छ हामीकहाँ । घरधन्दाको काम गर्ने, बच्चा हेर्ने, खानपिन पकाउने जस्ता काम पत्नीको जिम्मामा लगाइन्छ । घर बाहिरको काममा पतिलाई अगाडि सारिन्छ । यस्तो अवस्थामा पति/पत्नीले आफ्नो पार्टनरको काम साझेदार गर्छन् भने उनमा अधिक माया हुन्छ ।

त्यसैले बिरामी वा सामान्य व्यक्तिले पनि आफ्नो पिसाब कस्तो छ भन्ने ख्याल गर्नुपर्छ । सरल रूपमा भन्नु पर्दा पानी कम खाएर पनि पिसाब सङ्लो हुन्छ भने उसको किड्नी फेल भएर पनि यस्तो भएको हुन सक्छ । पिसाब धेरै गाढा पहेँलो भयो भने पनि डराउनु पर्दैन । शरीरमा पानीको मात्रा कम भएकाले पनि यस्तो हुन्छ । त्यस्तै, जन्डिस भएर पनि पिसाब पहेँलिन सक्छ । जन्डिसमा जुन किसिमको पित्त हुन्छ, यो परिवर्तनशील हुन्छ । जन्डिस भएमा दिसामा पनि देखापर्न सक्छ । पिसाबमा सबैभन्दा डरलाग्दो पक्ष भनेको रातो कलर देखापर्नु हो ।

यो दुई प्रकारले देखापर्न सक्छ । पिसाबमै रातो कलर देखापर्नु र अर्को भनेको खानेकुराको केमिकलले गर्दा पनि रातो आउन सक्छ । कतिपय अवस्थामा खानेकुरा टिबीका औषधिले पनि यस्तो हुन्छ । तर, औषधिको सेवनपछि नर्मल भएर जान्छ । तर, कुनै रोगले देखिएको रातो भने नर्मल भएर जाँदैन । पिसाबको रङ हेर्दा रातो भएमा चिकित्सकले रगत छ-छैन हेर्ने हो । पिसाबमा रगत मिसिएको मानिसलाई पिसाबनलीमा कुनै दुखाइ छैन भने क्षयरोग या क्यान्सर भएको हुन सक्छ । पिसाबमा रातो देखिनु पत्थरी, इन्फेक्सन पनि हुन सक्छ ।

त्यस्तै पोलेर, दुखेर, ज्वरो आएर पनि हुन्छ । क्यान्सर र क्षयरोगले हो भने बिरामीलाई पोल्ने, दुख्ने हुँदैन, रातो मात्रै आउँछ । यस्तो भएमा सम्बन्धित व्यक्तिले ध्यान दिनुपर्छ । क्यान्सर र क्षयरोग भएमा तत्काल उपचार गर्नुपर्छ । पिसाब परीक्षण गर्दा देखिन आउँछ । एक महिनाको अन्तरालमा रातो पिसाब आउने र बन्द हुने क्रम चलिरहन्छ भने क्यान्सर हुन सक्छ । यस्तो भए तुरुन्त परीक्षण गराउनुपर्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्