४३ बर्ष पुगें ७ सन्तान छन्, पहिला भन्दा सुन्दरी छु



काठमाडौं, २ माघ

प्राय मानिसलाई आफ्नो उमेर ढल्कँदै गएपछि सुन्दरता बिग्रन्छ कि भन्ने ठूलो चिन्ता हुन्छ । अझ सन्तानको आमा भएपछि सुन्दरता बिग्रने चिन्ताले महिला बढी पिरोलिन्छन् । तर सन्तान जन्माएर पनि स्वस्थ, सुन्दर रहन सकिने सुझाव दिएकी छन् जेसिका एंसलो । उनको इन्स्टाग्राममा पोष्ट भएका तस्बिरहरुले उनी कतै पनि ४३ वर्षकी र ७ सन्तानकी आमा भन्ने झल्को देखिँदैन ।

सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने जेसिकाले व्यस्त जिन्दगीको अधिकांश तस्बिर इन्स्टामा पोष्ट गरेकी छन् । सन १९९४ मा १९ वर्षमा आमा बनेकी थिइन् । दुई विवाह गरेकी जेसिकाको पहिलो विवाहबाट ४ र दोस्रो विवाहबाट तीन सन्तान छन् । पछिल्लो समय उनी सन् २०१३ मा आमा बनेकी थिइन् ।

भन्छिन्, ‘महिलाले चाहे आफ्ना शरीर सुन्दर राख्न सक्छिन् ।’ भन्छिन्, ‘हप्तामा तीनपटक जिम जान्छु । बिहानै उठेर ‘कार्डियो’ अर्थात् मुटु स्वस्थ राख्न व्यायाम गर्छु ।’ जेसिकाको सुझाव छः ‘सुन्दर रहन यति त गर्न सक्नुहुन्छ, त्यसपछि फलफूल खानुस्, खानामा प्रोटिन हुनुपर्छ ।’ इन्स्टाग्राममा १ लाख २५ हजार फलोअर रहेका जेसिका भन्छिन्, ‘आमा बनेँ, शारीरिक सुन्दरताबारे जब सचेत बने, पहिले भन्दा अहिले झन् राम्री छु ।’ एजेन्सी

प्रतिक्रिया दिनुहोस्