‘सेक्स’ पावर बढाउनका लागि अनारको जुस खाने गरौँ



काठमाडौँ, ३ माघ : के तपाईँ आफ्नो पाट्नरको यौन व्यवहारबाट सन्तुष्ट हुनुहुन्न ? के पाटनरको यौनमामिलामा कमजोर ठान्नुभएको छ ? अनि भन्न सकिरहनु भएको छैन ? त्यसो हो भने अव नआत्तिनुस । तपार्इँको पाटनरको सेक्सपावर बढाउने उपाय हामी बताउछौँ । तपाईको पाटनरलाई समेत सेक्स पावर बढाउने उपचार तपाईँकै वरिपरि भेटिने फलफुलले समाधान गरिदिन्छ । हजुर त्यो गुणकारी फलको नाम हो अनार ! यदि तपार्इँको पार्टनर सेक्स गर्न इच्छा गर्दैन भने अनार ल्याउनुस त्यसको जुस बनाउनुस र पाटनरलाई खुवाउनुस । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म खुवाउनु भयो भने पाटनरको यौन व्यवहार तपाईँले खोजेजस्तै पाउनुहुन्छ । हालै बेलायतमा गरिएको एक अनुसन्धानका अनुसार १५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा भनेसम्मको हुन्छ । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका
थिए ।

सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहु एक गिलास अनारको जुस खुवाएका थिए । १५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जव टेस्टोस्टेरोन हार्मोन बढ्यो , कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले । विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो । टेस्टोस्टेरोन हार्मेनले नै किशोर अवस्थामा पुरुषहरुमा दाह्री जुगा उमार्ने, स्वर परिवर्तन हुने , काखीमुनी रौ उमार्ने, तथा महिलाहरुको स्तनबढाउने काम गर्छ । त्यो संगै सेक्स इच्छा समेत बढाउदै लैजान्छ । बैज्ञानिकहरुको अनुसार टेस्टोस्टेरोन हार्मेनले महिला एडरेनल ग्लैण्ड र डिंवासयमा सकारात्मक प्रभाव देखाउन थाल्छ । जसले उनीहरुमा सेक्स गर्ने इच्छा बढाउछ । अनुसन्धानकर्ताका अनुसार १५ दिन लगातार जुस खादा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशत बाट बढेर ३० प्रतिशत सम्म पुगेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्