परमाणु बम र हाइड्रोजन बममा कुन शक्तिशाली ?



३ माघ : संसारभर अहिले उत्तर कोरियाले गत आइतबार एक शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि त्यसको ब्यापक रुपमा नै चासो र चर्चा भइरहेको छ ।हाइड्रोजन बम परमाणु बमको तुलनामा धेरै नै शक्तिशाली हुने वैज्ञानिकहरू बताउँछन।

हाइड्रोजन बमलाई थर्मो न्यूक्लियर बम पनि भनिन्छ, त्यसमा आणविक न्यूक्लियसको प्रयोग गरिन्छ। ती न्यूक्लियसले विष्फोटक उर्जाको उत्पादन गर्ने काम गर्दछ। दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसाली नरसंहार गरेको(सन १९४५ अगष्ट ६ र अगष्ट ९) ७० वर्ष पुगेको करिब एक महिनापछि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको खबरसँगै त्यो बम कति शक्तिशाली होला ?हिरोसिमा र नागाशाकीमा खसालेको ‘फ्याट म्यान’र ‘लिटिल ब्वाइ’ भन्दा कम बिनाशक वा बढी बिनाशक छ भन्ने बारेमा पुरा दुनियाको चासोको बिसय बनेको छ ।

वैज्ञानिकहरू अनुसार अमेरिकाले दोस्रो विश्व युद्धमा जापानमा खसालेको परमाणु बमभन्दा हाइड्रोजन बम १००० गुणा बढी शक्तिशाली हुने उनीहरूको ठहर छ। हालसम्म यस्तो बमको प्रयोग संसारमा भएको छैन। लामो दूरीका ब्यालेस्टिक मिसाइलमा जडान गरी प्रहार गर्न मिल्ने गरी सानो आकारमा पनि निर्माण गर्न मिल्छ। हाइड्रोजन बमको प्रविधि एकदमै जटिल किसिमको हुन्छ। त्यो प्रविधि कसैलाई प्रदान गर्नु र कसैले प्राप्त गर्नु निकै खतरनाक मानिन्छ। आर्थिक हिसावमा पनि हाइड्रोजन बम निर्माण कार्य अत्याधिक महंगो हुन्छ। निर्माणका लागि निकै महंगा उपकरण आवश्यक हुन्छ ।दक्षिण कोरियाको राजधानी सियोल स्थित कुमकिन युनिभर्सिटिका परमाणु सम्बन्धी जानकार प्रोफेसर ‘आन्द्रेइ ल्यानकोभ’ भन्छन ‘यस्तो खालको उपकरणले अमेरिकाको न्यूयोर्क जत्तिको शहर पूर्ण रुपमा ध्यस्त पार्न सक्छ एक जना पनि जीवित रहन सक्दैन। उत्तर कोरियासँग यस्ता महगां उपकरण थुप्रैको संख्यामा रहेको प्रोफेसर ल्यानकोभ दाबी गर्छन। लगानी अनुसार यस प्रकारको कार्यक्रमले राज्यको सुरक्षाको काम नगर्ने भएकाले सुरक्षाका निम्ति भन्दै यस्ता उपकरण निमार्णमा अत्याधिक धन खर्च गर्नु ती देशका सरकारको पागलपन मात्रै भएको उनको धारणा छ ।

सियोल स्थित नेशलन युनिभर्सिटीका परमाणु इन्जिनियर प्रोफेसर ‘कुन यू सु’ उत्तर कोरियाले आइतबार (३ सेप्टेम्बर) मा गरेको हाइड्रोजन बम परीक्षणलाई गेम चेन्जरको संज्ञा दिन्छन् ।उक्त परीक्षण मार्फत उत्तर कोरियाले आफूलाई एक परमाणु सम्पन्न राष्ट्रको रुपमा प्रभावकारी रुपमा स्थापित गरेको कुन यू को तर्क छ । उत्तर कोरिया विश्वमा खेल परिवर्तन गर्न सक्ने शक्ति राष्ट्रको रुपमा स्थापित भएको उनको दाबी छ ।
विश्वका पाँच परमाणु सम्पन्न राष्ट्र अमेरिका, बेलायत, फ्रान्स, रुस र चीनलाई हाइड्रोजन बम उत्पादन गर्ने क्षमता भएका राष्ट्र मानिन्छ । हाइड्रोजन बम जस्ता खतरनाक अस्त्रको विकास रोक्नु पर्ने आवाज उठाइएपनि अन्य देशहरुसँग पनि यस्ता बम रहेको हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्