टेक्नोलोजी सम्बन्धि अनौठो तथ्यहरु



३ माघ २०७४

काठमाण्डौ : तपाईलाई थाहा भएको या  नभएको टेक्नोलोजी सम्बन्धि केहि तथ्य यहाँ राख्न खोजेका छौ, जुन पढेर तपाईलाई आश्चर्य लाग्न सक्छ  ।

१. संसारका ९१% मानिसहरु आफ्नो मोबाइललाई १ हातको दुरीमा राख्छन, हरेक समय , हरेक घण्टा , हरेक दिन  ।
२. संसारमा ६.८ बिलियन मानिसहरु छन् , जसमा ४ बिलियन मानिसहरु मोबाइल फोन प्रयोग गर्छन र मात्र ३.५ बिलियन मानिसहरु टुथब्रस प्रयोग गर्छन  ।
३. HP,Microsoft,Apple मा भएको एउटा समानता यो हो कि, यी तीनै कम्पनी ग्यारेजबाट सुरु भएका थिए ।
४. आजको मिति सम्ममा पहिलो पल्ट मोबाइलबाट कल गरेको ४० बर्ष भैसकेको छ  ।
५. बिल गेट्स , जसले माइक्रोसफ्ट कम्पनि बनाएका थिए , उनको घर एउटा म्याक कम्प्युटरबाट डिजाइन भएको छ  ।
६. Youtube मा हरेक मिनेट ३०० घण्टाको भिडियो अपलोड हुन्छ ।
७. चाइनामा नक्कली एप्पल स्टोर हुने गर्थ्यो , जसले एप्पलको नक्कली समान बेच्ने गर्थ्यो , त्यहाँ काम गर्ने कर्मचारीलाइ पनि थाहा थिएँन यो नक्कली हो भनेर  ।
८. एउटा ७५ वर्षकी महिलाले दुइटा फाइबर अप्टिक केवल काटेर घर लागिन , जसले गर्दा २ देशमा इन्टरनेट डाउन भएको थियो  ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्